नियम १४
खातावालालाई पासबूक दिने

(१) खाता खोल्दा र पासबूकमा ठाउँ नपुगी पासबूक बदल्नु पर्दा खातावालालाई अर्को पासबुक निशुल्क दिइनेछ ।
(२) खातावालाको लापरवाहीले गर्दा पासबूक हराएमा, च्यातिएमा वा नष्ट भएमा निजले पाँच रूपैया दस्तुर सहित अर्को पासबूकको लागि हुलाक हाकिम समक्ष निवेदन गर्नुपर्छ । यसरी निवेदन परेमा हुलाक हाकिमले निजलाई अर्को पासबूक उपलब्ध गराई दिनेछ ।
(३) खातावालाको लापरवाहीको कारणबाट कसैले निजको पासबूक ल्याएर दस्तखत मिलाई रकम झिकी लगेमा वा अन्य किसिमको कारवाई हुन गएमा त्यसको लागि हुलाक अड्डा जवाफदेही हुनेछैन ।